दफा १०
गलत अनुवाद गर्नेलाई सजाय
  अनुवाद गर्ने अख्तियारी पाएको वा त्यस्तो काम गर्न तोकिएको राष्ट्रसेवक वा अन्य कुनै व्यक्तिले  नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, सरकारी निकाय वा सार्वजनिक संस्थालाई हानि पु¥याउने वा आफू वा अरू कसैलाई लाभ पु¥याउने बदनियतले कुनै लिखत अनुवाद गर्दा गलत अनुवाद गर्ने, झुट्ठा विवरण राखी अनुवाद गर्ने वा नाम, थर, मिति, तथ्य वा त्यस्तै अन्य कुरा फरक पार्ने काम गरेमा निजलाई कसुरको मात्रा अनुसार तीन महिनादेखि एक वर्षसम्म कैद र दश हजार रुपैयाँदेखि पचास हजार रुपैयाँसम्म जरिबाना हुनेछ ।